News Portal

  • सचिन परियार र रबिना बसेलको रातो रबर ट्रेन्डिङ ३ मा पर्न सफल (भिडियोसहित)

    जनगर्जन संवाददाता
    ८०६ पटक

    माघ, काठमाडौं र सचिन परियार र रबिना बसेलको “रातो रबर…” भन्ने गीत ट्रेडिङ ३ मा पर्न सफल भएको छ । शुभारम्भ डिजिटल म्युजिक नामक युट्युव च्यानलबाट प्रशारण गरिएको गीतमा २४ घण्टामा ४ लाख ७१ हजार भन्दा बढि दशृकले हेरिसकेका छन् ।

    उक्त गीतमा बाल कलाकार सचिन परियार र रबिना बसेलको स्वर रहेको छ । नेत्र अर्यालको शब्द रहेको गीतमा खेम सेञ्चुरीले संगित गरेका थिए । महेन्द्र भण्डारीले एरेन्ज गरेको गीतको भिडियोमा चर्चित मोडल सारिका केसी, धुर्व हिमाली, डिआर सुजन र मेरी बास्सैका चर्चित कलाकार सरस्वती फुयाँल सर्सेको उत्कृष्ठ अभिनय रहेको छ ।

    पछिल्लो समय सर्सेले म्युजिक भिडियोहरुमा पनि अभिनय गर्दै आएकि छिन् । उनलाई यो गीतले म्युजिक भिडियोमा चिनाउन सफल हुनेछ । गीतको भिडियोलाई कपिल लामाले निर्देशन गरेका थिए ।

    प्रतिकृया दिनुहोस्