News Portal

  • नेपाल समाजवादी पार्टीले बझाङमा भोट नखसाल्ने निर्णय

    बझाङ प्रदेश सभा क्षेत्र नं १ को हकमा ‘राइट टू नो भोट’

    जनगर्जन २०८१ बैशाख ७
    २८ पटक

    वैशाख ७,काठमाडौं । डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले बझाङमा हुने प्रदेश सभाको उपनिर्वाचनमा आजको बैठकद्वारा भोट नहाल्ने निर्णय गरेको छ ।

    पार्टी केन्द्रीय कार्यालय तीनकुनेमा बसेको सचिवालय बैठकले १५ वैशाखमा हुने उपनिर्वाचनमा बझाङ प्रदेश सभा क्षेत्र नं १ को हकमा ‘राइट टू नो भोट’को नीति अपनाउने निर्णय गरेको हो ।

    बैठकले मुद्दा मिल्ने शक्तिहरूसँग राजनीतिक संवाद र सहकार्य गर्नको लागि पार्टी प्रवक्ता कृष्ण शर्मा, सोनामसिं स्याङतान र मानुषी यमी भट्टराई रहेको राजनीतिक संवाद समिति गठन गरेको छ ।

    नेसपाले यसअघि इलाम–२ मा हुने प्रतिनिधि सभाको उपनिर्वाचनमा भने पहिचान पक्षधरलाई समर्थन गर्ने निर्णय गरेको थियो । उनिहरुको तालमेल नमिलेकै कारण `राइट टू नो भोट’ को निर्णय गरेको हुन सक्ने आकलन सबैले गरेका छन ।

    ५ र ६ वैशाखमा चलेको सचिवालय बैठकले आगामी भदौसम्म पार्टी महाधिवेशन तयारीका लागि संगठन निर्माण र विस्तार अभियान सञ्चालन गर्ने निर्णय पनि गरेको छ ।

    प्रतिकृया दिनुहोस्