News Portal

  • छोरीको हत्या आरोपमा बुबा पक्राउ

    जनगर्जन २०८१ बैशाख ६
    २२ पटक

    बैशाख ६, रुपन्देही । छोरीको हत्या गरेको आरोपमा कंचन गाउँपालिका-५ बर्गदवा बस्ने ४८ वर्षीय नारायणबहादुर घर्ती क्षेत्री पक्राउ परेका छन ।

    १७ वर्षीया छोरी अञ्जली घर्ती क्षेत्रीको हत्या आरोपमा बिहीबार बिहान पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रहरी उपरीक्षक (एसपी) रञ्जितसिंह राठौरले जानकारी दिएका छन ।

    पारिवारिक घर झगडाका कारणले ती किशोरी घर छोडेर हिडेँकी थिइन्।
    खोजतलास गर्ने क्रममा बुटवल उपमहानगरपालिका-४ लुम्बिनीस्थित मालिका होटल एण्ड लजमा फेला परेपछि घर जान नमानेपछि आवेगमा फलामको रडले हान्दा मृत्यु भएको नारायणले प्रहरीलाई दिएको बयान दिएका छन ।

    किशोरीको मृत्यु पश्चात उनका बुबालाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ।

    प्रतिकृया दिनुहोस्