News Portal

श्रीमानले खुकुरी प्रहार गर्दा श्रीमती घाईते

दिनेश विकल्प२०८१ बैशाख ६
३०३ पटक

बागलुङ ६,बैशाख । सदरमुकाम बागलुङ बजारमा श्रीमानले खुकुरी प्रहार गर्दा श्रीमती घाईते भएकी छन् ।

बागलुङ नगरपालिका–२ बस्ने अर्जुन बहादुर सार्कीले श्रीमती गिता आले लाई बुधबार राती धारिलो हतियार प्रहार गरे घाइते गराएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक (डिएसपि) विजय यादवले जानकारी दिएका छन।

सामान्य घरायसी विवाद हुँदा श्रीमानले श्रीमतीलाई खुकुरी प्रहार गरी घाईते गराएको डिएसपि यादवले बताए । घाईते आलेको धौलागिरी अस्पताल बागलुङमा प्राथमिक उपचारपछि थप उपचारको लागि पोखरा रिफर गरिएको जानकारी दिए ।

घाईते आलेको अवस्था सामान्य रहेको बताउदै श्रीमान सार्कीलाई प्रहरीले बुधबार राती नै पक्राउ गरेको छ । डिएसपि यादवले भने श्रीमान सार्की लाई पक्राउ गरेर थप अनुसन्धान भैइरहेको जानकारी दिएका छन ।

प्रतिकृया दिनुहोस्