News Portal

  • पारिजात सिर्जना सम्मान २०८० बाट मार्क्सवादी साहित्यकार शोभा दुलाल सम्मानित

    शाहस भट्ट २०८१ बैशाख ५
    ५४ पटक

    काठमाडौं -पारिजात स्मृति दिवसको अवसरमा आयोजित स्मृतिसभाबाट माक्र्सवादी लेखक,साहित्यकार शोभा दुलाल सम्मानित भएकी छिन् । बुधवार पारिजात स्मृति केन्द्रद्वारा पारिजात स्मृति भवन म्हेपीमा आयोजित स्मृति सभाबाट धन्नै ४ दसकदेखि नेपाली साहित्यको क्षेत्रमा योगदान पुर्याउदै आएकी दुलाल “पारिजात सिर्जना सम्मान” २०८१ बाट सम्मानित भएकी हुन् ।

    स्मृति सभाबाट सम्मानित हुनेहरुमा शोभा दुलाल, प्राध्यापक डा: धुर्व घिमिरे, निर्मलादेवी शाह र उदय श्रेष्ठ रहेका छन् । स्नातकसम्मको अध्ययन गरेकी दुलाल मार्क्सवादी राजनीतिक आन्दोलनमा संलग्न रहेर साहित्यिक लेखनलाई पनि सोही अनुरूपको वैचारिक सम्बल प्रदान गर्दै आएकी प्रतिभा हुन् ।

    २०४५सालमा कविता प्रकाशित गरेर सिर्जनात्मक लेखनमा प्रवेश गरेकी शोभा दुलालले कविता, निबन्ध र वैचारिक लेख लेख्दै आएकी छन् । ती विधामा उनका ज्वालामुखी फुटेपछि (२०६८) कवितासङ्ग्रह र धूमिल स्मृति (२०७८) निबन्धसङ्ग्रह प्रकाशित छन् । परिवर्तनका लागि वर्गसङ्घर्षको अपरिहार्यता प्रस्तुत गरिएका उनका रचनामा कम्युनिस्ट भनिएका पुरूषहरूमा पनि दह्रो रूपमा जमेर रहेको पितृसत्तात्मक चिन्तन सङ्घर्षबाट मात्र पराजित हुने निष्कर्ष दुलालको छ।

    महिलामुक्तिका लागि वर्गसङ्घर्ष बाहुनवाद र पितृसत्ताविरूद्ध पनि सङ्घर्ष गर्नुपर्ने विचारको अभिव्यक्ति नै उनको लेखनको महत्त्वपूर्ण पक्ष हो । शोभा दुलाल लेखनसँगै नेपालको प्रगतिवादी आन्दोलनसँग समेत निकट रहेर सक्रिय हुँदै आएकी छन्।

    बाल सङगठनमा आबद्ध भएर राजनीतिक यात्रा प्रारम्भ गरेकी दुलाल जनयुद्धका क्रममा पटक- पटक हिरासतमा परिन् भने २०५५ सालमा दुई महिना जेल जीवन पनि बिताउँदै निरन्तर जनपक्षीय मुद्दाको उठानका क्रममा उनी प्रगतिशील लेखक सङ्घ र अभ्युत्थान महिला साहित्य प्रतिष्ठानमा संलग्न भइहालसम्म पनि नेपाली प्रगतिवादी साहित्यमा योगदान पुर्याएको भन्दै पारिजात स्मृति केन्द्रले सम्मान गरेको हो ।

    अभ्युत्थान महिला साहित्य प्रतिष्ठानबाट प्रदान गरिने ‘अभ्युत्थान प्रतिभा पुरस्कार – २०६९’, इच्छुक प्रतिभा पुरस्कार २०७५ र तीलकुमारी खड्का स्मृति सम्मान २०७९ बाट सम्मानित भइसकेकी साहित्यकार दुलाल ‘पारिजात सृजन सम्मान २०८०′ बाट पनि सम्मानयोग्य पात्र रहेको आयोजकको भनाइ छ।

    त्यस्तै कार्यक्रममा साहित्यकार प्राध्यापक डा. धुर्व घिमिरे पारिजात बाल साहित्य सम्मान, निर्मलादेवी शाह पारिजात संघर्ष शिल नारी सम्मान र साहित्यकार गायक उदय श्रेष्ठ समेत पारिजात कला सम्मान २०८१ बाट सम्मनित भएका छन्।

    भिनिन्न विधाबाट सम्मानित सर्जकहरुले पारिजात दिदीले नेपाली साहित्य क्षेत्रमा समाज रुपान्तरणका निम्ति प्रतिपक्षको भूमिका निर्वाह गरेको र आफु सारिरिका अस्वस्थाताका बावजुद पनि साहित्य मार्फत मानव अधिकारका निम्ति लड्ने खम्बा भएको भन्दै नेपाली साहित्यको सगरमाथाको उपमा दिएका थिए।

    स्मृति सभामा राष्ट्रिय प्रज्ञा प्रतिष्ठानका उपकुलपति पारिजात स्मृति केन्द्रका कार्यसमिति सदस्यहरु, नेपालका नेपालका दिग्गज तथा बरिस्ट साहित्यकारहरुको उपस्थिति रहेको थियो।

    प्रतिकृया दिनुहोस्