News Portal

  • दुई समूहबीच झडप हुदा विराटनगरको रानी क्षेत्र तनावग्रस्त

    जनगर्जन २०८१ बैशाख ५
    ७० पटक

    वैशाख ५, विराटनगर । दुई समूहबीच झडप हुदा विराटनगरको रानी क्षेत्र तनावग्रस्त भएको छ ।

    चैत दशै अर्थात राम नवमीको अवसर पारेर निकालेको र्‍यालीलाई विराटनगर १५ मा अर्काे समूहले अवरोध गर्दा भएको विवाद बढेपछि रानी क्षेत्र तनावग्रस्त भएको हो ।

    स्थिति नियन्त्रणमा गर्नका लागि प्रहरीले बल प्रयोग गरेको छ । स्थिति नियन्त्रणमा लिनका लागि प्रहरी बल प्रयोग गरेर दुवै तर्फै केहि राउण्ड हवाई फायर र केही सेल अश्रुग्यास पनि प्रहार गरेको छ ।

    स्थानीयबासीका अनुसार विराटनगरको वडा नम्बर १५ र १७ को बीचमा एउटा समूहले र्‍यालीलाई अवरोध गरेपछि विवाद बढेको थियो । अहिले रानी क्षेत्रमा प्रहरीको बाक्लो उपस्थिति छ । अहिले स्थिती सामान्य भएको छ ।

    प्रतिकृया दिनुहोस्