News Portal

  • नेकपाको पोलिट ब्युरो बैठक सम्पन्न, केन्द्रीय समिति बैठक बस्दै

    जनगर्जन २०८१ बैशाख ५
    ३९ पटक

    कपिलवस्तु – नेपाल कम्युनिस्ट पार्टीको पोलिटब्युरो बैठक सम्पन्न भएको छ । मंगलबार दिउसोदेखि पार्टी केन्द्रीय कार्यालय शिवगढीमा बसेको बैठक सम्पन्न भएको छ ।

    बैठकले महासचिव विप्लव सीले ‘पार्टीलाई आन्तरिक रुपले सुदृढ गरौँ ! समाजवादको लागि फराकिलो मोर्चा निर्माण गरौं !!’ शिर्षकको राजनीतिक प्रस्ताव र ६ महिने आगामी योजनासहितको प्रस्ताव पारित भएको छ ।

    बैठकको प्रारम्भमा महासचिव विप्लवले प्रस्तावको मूल भावबारे सम्बोधन गरेका थिए । महासचिव विप्लवले सम्बोधन गरिसकेपछि २० पृष्ठ लामो उक्त प्रस्तावमाथि छलफल भएको थियो ।

    छलफल पश्चात उक्त प्रस्ताव पास भएपछी आज केन्द्रीय समिति बैठक बस्दैछ ।

    प्रतिकृया दिनुहोस्