News Portal

  • घुस सहित पक्राउ परे इन्जिनियर शिव बराल

    जनगर्जन २०८१ बैशाख ५
    २३ पटक

    वैशाख ५, पोखरा । पोखरा महानगरपालिकाबाट घर निर्माण सम्पन्नको प्रमाणपत्र दिने क्रममा एक जना इन्जिनियर पक्राउ परेका छन् । पोखरा महानगरका घर नक्सा शाखाका इन्जिनियर शिवराज बराललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराको टोलीले मंगलबार पक्राउ गरेको हो ।

    गत चैत २८ गते घर निर्माणको घर नक्सा प्रमाणपत्र दिने क्रममा सब इन्जिनियर उषाकिरण रोकाया र गोदार इन्जिनियरिङ कन्सल्टेन्सी सेवाका सुरज कुँवरलाई अख्तियारले पक्राउ गरेको थियो । उनीहरु १ लाख ५० हजार रुपैयाँ घुससहित रंगेहात पक्राउ परेका थिए ।

    त्यही घरजग्गा प्रकरणमा फेरि मंगलबार साँझ बराललाई पनि पक्राउ गरी अख्तियारको केन्द्रीय कार्यालय टंगाल पठाइएको सूचना अधिकारी जगदिश शिवाकोटीले जानकारी दिए ।

    चैत २८ गते सवइन्जिनियर रोकायालाई पोखरा ५, मालेपाटनबाट र गोदार इन्जिनियरिङ कन्सल्टेन्सी सेवाका सुरजलाई पोखरा–४ सेल्वेजबाट पक्राउ गरिएको थियो ।

    घुससहित पक्राउ परेकी सबइन्जिनियर रोकायालाई महानगरले निलम्बन गरिसकेको छ । गोदार इन्जिनियरिङ कन्सल्टेन्सी पोखरा महानगरमै लामो समयदेखि कार्यरत इन्जिनियर महेन्द्र गोदारले सञ्चालन गरेका हुन् । सोही कन्सल्टेन्सीमा कार्यरत कर्मचारी घुस प्रकरणमा समातिएका हुन् ।

    पोखरा महानगरपालिका १० का एक सेवाग्राहीको घर निर्माण सम्पन्न गराउने भन्दै घुस लिएपछि उनीहरुले कानुनी उपचारको बाटो रोजेका थिए ।यसै क्रममा बराल समातिएका हुन ।

    प्रतिकृया दिनुहोस्