News Portal

  • प्रधानमन्त्रीको स्वागत :- सुरुङ्गभित्र सोफा र रातो कार्पेट

    हिलाम्मे सुरुङ्गमार्गमा नि कमि भएन स्वागती प्रक्रिया

    जनगर्जन २०८१ बैशाख ३
    २७ पटक

    वैशाख ३, काठमाडौं । करिब साढे ३ वर्षको अन्तरालमा पूरा हुन लागेको नागढुंगा–सिस्नेखोला सुरूङमार्ग ‘ब्रेक थ्रु’को प्रत्यक्ष अवलोकन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पुगेका छन् । उनलाई सुरुङभित्रै पनि तामझामका साथ रातो कार्पेट त्यसमाथि सोफा राखेर स्वागत गरिएको छ । अवलोकनमा सहभागी अर्का मन्त्री भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबिर महासेठलाई पनि सोफामा बस्ने व्यवस्था मिलाइएको छ ।

    मुख्य सुरुङ सोमबार मात्र वारपार छेड्न लागिए पनि त्योसँगैको आपतकालीन सुरुङ भने गत साउन २२ गते नै छेडिएको थियो । मुख्य सुरुङ २.६८८ किलोमिटरको छ । आपतकालीन सुरुङ २.५५७ किलोमिटर लामो छ ।

    यो सुरुङमार्ग प्रयोगकर्ता काठमाडौंको बलम्बु हुँदै धादिङको सिस्नेखोलासम्म ३ मिनेटमै आउ–जाउ गर्न सक्ने आयोजनाले जनाएको छ । आपतकालीन सुरुङबाट मुख्य सुरुङमा आउ–जाउ गर्न मिल्ने सात वटा ढोका छन् । मुख्य सुरुङमा भइपरी आउने समस्यामा उद्धार लगायतका काम गर्न भन्दै आपतकालीन सुरुङ निर्माण गरिएको हो ।

    यो सुरुङ मार्ग हाजमा आन्दो कर्पोरेसन जापानले बनाइरहेको छ । मुख्य सुरुङ ब्रेक थ्रु भएपछि त्यसभित्र बिजुली जडान, अक्सिजन आपूर्तिको व्यवस्था, सडक ढलान लगायतका काम हुनेछ । सवारी साधन आवतजावत गर्न भने अझै १ वर्षपछि मात्र हुने आयोजनाले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्