News Portal

  • अछाममा आगलागी हुँदा दुई बालबालिकाको मृत्यु

    जनगर्जन २०८१ बैशाख ३
    ३५ पटक

    बैशाख ३, काठमाडौ । अछाममा आगलागी हुँदा दुई बालबालिकाको मृत्यु भएको छ।

    मेल्लेख गाउँपालिका वडा नम्बर–६ मा आगलागी हुँदा २ बालबालिकाको मृत्यु भएको हो । मृत्यु हुनेमा स्थानीय दीपक बोहराको छोरी अन्दाजी ८ वर्षीया भावना बोहरा र रमेश बोहराको छोरा अन्दाजी ६ वर्षीय गोपाल बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायव उपरीक्षक सन्तोष पाठकले जानकारी दिएका छन ।

    उनका अनुसार सोमवार बिहान खरले छाएको कच्ची छानामा अचानक सल्केको आगोले स्याउला समेत जलेपछि सोही आगोमा परी ती बालबालिकाको मृत्यु भएको हो। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    प्रतिकृया दिनुहोस्