News Portal

  • प्रचण्ड, माधव नेपाल मुक्त देश बनाउनुपर्छ : प्रभु साह

    जनगर्जन संवाददाता
    २९८ पटक

    १० माघ, रौतहट । शहरी विकासमन्त्री प्रभु साहले प्रचण्ड माधव नेपाल मुक्त देश बनाउनु पर्ने बताएका छन् । प्रचण्ड र माधव नेपालका कारण पार्टीको अहिलेको अवस्था आएको भन्दै उनले प्रचण्ड माधव नेपाल मुक्त देश बनाउनुपर्ने बताएका हुन् ।

    गौरमा आयोजित अगुवा कार्यकर्ता भेलामा ओली समूहका नेता समेत रहेका साहले वास्तविक माओवादीहरुले पार्टी एकता चाहेको, तर प्रचण्ड पदको लोभमा डुबेको आरोप लगाए । प्रधानमन्त्री र पार्टी अध्यक्ष बन्ने लोभले प्रचण्डले पार्टी एकता टुटाएको भन्दै उनले भने अन्तरघातीहरुलाई पाठ सिकाउनुपर्छ ।

    उनले राजा ज्ञानेन्द्रलाई दाम चढाउन गएको तथा एमालेलाई ध्वस्त पारेको भन्दै माधवकुमार नेपालको पनि चर्को आलोचना गरे । प्रचण्ड माधवहरुले प्रधानमन्त्रीलाई घेराबन्दीमा पारेर देश बर्बाद गराउन खोजेकाले ताजा जनादेशका लागी निर्वाचनमा जानु भन्दा अर्को विकल्प नभएको मन्त्री साहले बताए । उनी पुर्व माओवादी नेता हुन अहिले उनी केपी ओली समुहमा लागेका हुन ।

     

    प्रतिकृया दिनुहोस्