News Portal

  • काभ्रेको बुद्ध चित्त रुख काटेको आरोपमा ४ जना पक्राउ

    जनगर्जन २०८१ बैशाख ३
    २९ पटक

    बैशाख ३,काभ्रेपलाञ्चोक । काभ्रेको रोशी गाउँपालिका–५ नागबेलीमा रहेको बहुमूल्य रुख बोधिचित्तको रुख काटेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा स्थानीय प्रभात तामाङ, श्यामकृष्ण मैनाली, मानबहादुर तामाङ र दुर्गालाल तामाङ रहेका जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिएका छन ।

    उनीहरू ४ जनाले गएको बिहीवार राति नागबेलीमा रहेको ठाकुरानी तामाङको बगैँचामा रहेको बहुमूल्य बोधिचित्तको एउटा रुख काटेको प्रहरीले जनाएको छ । काटिएको रुखमा फल्ने बोधिचित्त दाना यस वर्ष तीन करोड रुपैयाँमा बैना गरिएको तामाङले बताएका छन । उहाँका अनुसार बिहीवार राति १ बजे झन्डै २० जनाको समूहले बोधिचित्तको रुख काटेको थियो । अन्य बाकी फरार ब्यक्तिहरुलाइ प्रहरीले खोजी गरिरहेको छ ।

    प्रहरीका अनुसार रुख काटेपछि उनीहरूले रुखधनी तामाङको घरका ढोका र आँगनमा चार सकेट बम राखेका थिए । पीडित ठाकुरानीले पक्राउ परेका चारसहित आठ जनाविरुद्ध हिजो जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दर्ता गर्नुभएको छ । बोधिचित्त मालाको तामाङ समुदाय र विशेषगरी तिब्बती तथा चिनियाँ समाजमा धार्मिक एवम् सांस्कृतिक महत्त्व छ । बौद्धिष्ट हरुले विशेष गरि यो माल प्रयोग गरेको पाइन्छ उनिहरुले यो मालाको दाना जप्ने गर्दैछन ।

    प्रतिकृया दिनुहोस्