News Portal

  • विश्वदीपले छाडे बाबुरामको साथ मिलाए प्रचण्ड संग हात

    जनगर्जन २०८१ बैशाख ३
    २४ पटक

    बैशाख ३,काठमाडौँ । नेपाल समाजवादी पार्टी (नेसपा)का युवा नेता विश्वदीप पाण्डेले पार्टी परित्यागको घोषणा गरेका छन् । पार्टी अध्यक्ष डा. बाबुराम भट्टराईसँग लामो समय नजिक रहेर काम गरेका पाण्डेले पार्टीको प्रचार, प्रसार तथा प्रकाशन विभाग प्रमुखको जिम्मेवारी समेत सम्हालेका थिए । उनी भट्टराईका एक विश्वसनीय पात्र पनि थिए ।

    उनले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै पार्टी छाडेको घोषणा गरेका हुन् । उनले लेखेका छन्, ‘आजको मितिदेखि लागू हुने गरी मैले नेपाल समाजवादी पार्टीबाट साधारण सदस्य समेत नरहने गरी राजीनामा दिएको छु ।

    नेसपा पार्टी परित्याग गरे लगत्तै पाण्डे पुन माओवादी केन्द्रमा फर्किएका छन्। पाण्डेलाई सोमबार बिहान प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टीमा स्वागत गरेका छन ।

    प्रतिकृया दिनुहोस्