News Portal

  • घनश्याम चौधरीलाई दलको नेताबाट बर्खास्त

    जनगर्जन २०८१ बैशाख १
    ५३ पटक

    बैशाख १,धनगढी । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले सुदूरपश्चिम संसदीय दलको नेता घनश्याम चौधरी लाई बर्खास्त गरेकी छिन्।

    पार्टीको सम्पूर्ण अधिकार वा सर्वोसरा आफूमा केन्द्रीत रहेको पन्चायती झल्को दिँदै उनले सुदूरपश्चिम संसदीय दलका नेता घनश्याम चौधरीलाई बर्खास्त गरेकी हुन् । उनले सांसद घनश्याम चौधरीलाई संसदीय दलका नेता तोकेकी छन् ।

    नाउपा अध्यक्ष श्रेष्ठले चैत्र २५ गते सोमबार केन्द्रीय समितिको बैठकको निर्णय उल्लेख गर्दै यसअघि संसदीय दलको नेताका रुपमा घनश्याम चौधरीले कामकाज गर्ने सहमति भएकोमा चौधरीले दलको निर्देशनको पालना नगरेकोले हटाइएको बताएकी छन् ।पार्टी अध्यक्षले ३ महिनाको लागि निलम्बित गरिएको बारे पनि विज्ञप्ति पेश गरिएपनी अहिले आएर उक्त पदबाट बर्खास्त गरिएको बताएकी छन।

    घनश्यामको ठाउँमा कैलाश चौधरीलाई संसदीय दलको नेताको जिम्मेवारी तोक्ने निर्णय गरिएको पत्रमा उल्लेख छ । यसअघि उनले आफ्नै पति एवम् पार्टीका संरक्षक रेशमलाल चौधरी पक्ष रहेको भन्दै सांसद इन्दिरा गिरीलाई पद मुक्त गरेकी थिइन् ।

    प्रतिकृया दिनुहोस्