News Portal

  • कैलालीमा आगलागी हुँदा ४ लाख बराबरको क्षति

    जनगर्जन २०८० चैत्र ३०
    ५० पटक

    चैत ३०,धनगढी । कैलालीमा आगलागी हुँदा ४ लाखको क्षति भएको छ।

    लम्कीचुहा नगरपालिका ३ व्यवस्थितनगर बस्ने केशरबहादुर बिकको गोठमा बिहीबार आगलागी हुँदा गोठ सहित गोठमा रहेका धानका भकारी काठपात गोरुगाडा पराल साईकल लगायतका सामान गरि ४ लाख बराबरको धनमाल जलेर नष्ट भएको हो ।

    आगलागीबाट मानविय तथा चौपाया क्षती नभएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। आगलागी कसरी भयो भन्ने कुरा अझै एकिन हुन सकिरहेको छैन ।

    प्रतिकृया दिनुहोस्