News Portal

  • दलितका लागि दलित अभियान’नेपाल का संयोजक खगेन्द्र सुनार साहसी युवा राष्ट्रिय सम्मानबाट सम्मानित

    विष्णु विश्वकर्मा२०८० चैत्र ३०
    १३२ पटक

    चैत्र ३० काठमाडौ । ‘दलितका लागि दलित अभियान नेपाल’का संयोजक तथा दलित अधिकारका न्यायमुर्ती प्रखर दलित अधिकारकर्मी खगेन्द्र सुनार साहसी युवा राष्ट्रिय सम्मानबाट सम्मानित भएका छन् ।

    दलित समुदायको क्षेत्रमा आवाजविहिन हरुको आवाजलाई बुलन्द गर्दै आईरहेका आवाजबिहिनको आवाज अन्यायका विरुद्द न्यायका मुर्ती बन्दै दलितका हकहितमा क्रियाशील सुनार ‘नेशनल डिजिटल मिडिया साहसी युवा अवार्ड २०८० ‘बाट सम्मानित भएका हुन

    नेशनल डिजिटल मिडिया साहसी युवा अवार्ड २०८० ‘ मा भनिएको छ, “अन्याय ,अत्याचारमा परेको उपेक्षित, उत्पीडित दलित वर्गको हितमा तपाईंले आवाज उठाउदै आउनुभएको छ, जातीय विभेद र अत्याचार विरुद्ध जागरण पैदा गर्नुभएको छ, समुदाय प्रति यहाँको प्रतिबद्धताको कदर गर्दै समाजसेवी, साहसी युवा अवार्डबाट सम्मानित गर्दछौं” ।सम्मान पत्रमा उल्लेख गरिएको छ ।

    राष्ट्रिय नाचघर जमल काठमाडौमा आयोजित एक विशेष समारोहका बीच प्रतिनिधि-सभाका उपसभामुख इन्दिरा रानाले दलितका लागि दलित अभियानका संयोजक खगेन्द्र सुनारलाई सम्मान गरेकी हुन् ।

    संयोजक खगेन्द्र सुनार अन्यायमा परेका आवाजको एक न्यायमुर्ती हुन, जसले दबिएका आवाजहरुको आवाज थिचिएका गलाहरुको स्वर, बगिरहेको आशुहरुको हासो बनेर समाजमा स्थापित एक न्याय पिताको भुमिका निभाईरहेका छन ।

    प्रतिकृया दिनुहोस्