News Portal

  • राष्ट्रियसभा उपाध्यक्ष पदका लागी आज निर्वाचन हुँदै

    नेपाल कम्युनिष्ट पार्टी एमाले र नेपाली कांग्रेसका तर्फबाट छुट्टाछट्टै उम्मेदवारी दर्ता

    जनगर्जन २०८० चैत्र २८
    ३५ पटक

    चैत २८,काठमाडौँ । राष्ट्रियसभा उपाध्यक्ष पदका लागी आज निर्वाचन हुँदै छ । उपाध्यक्षका लागि मंगलबार दुई जनाको उम्मेदवारी दर्ता भएको छ। उपाध्यक्ष पदका लागी नेपाल कम्युनिष्ट पार्टी एमाले र नेपाली कांग्रेसका तर्फबाट छुट्टाछट्टै उम्मेदवारी दर्ता भएको हो ।

    उपाध्यक्ष पदका लागि एमालेका तर्फबाट विमला घिमिरेले उम्मेदवारी दर्ता गराएकी थिइन् भने उनको प्रस्तावकमा सांसद भगवती न्यौपाने र समर्थकमा सांसद गोपीबहादुर सार्की अछामी रहेका छन् ।

    त्यस्तगरी, नेपाली कांग्रेसको तर्फबाट विष्णुदेवी पुडासैनीले उम्मेदवारी दर्ता गराएकी छिन् भने प्रस्तावकमा सांसद दुर्गा गुरुङ र समर्थकमा सांसद नारायणदत्त भट्ट रहेका छन् । तत्कालीन उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिएपछि निर्वाचन हुन लागेको हो ।

    एमाले उम्मेदवार घिमिरेलाई सत्ता गठबन्धनका दलहरूले मतदान गर्ने भएका छन् भने नेपाली कांग्रेसकी उम्मेदवार पुडासैनी भने अन्य साना दलहरूको मत तान्ने दौडमा छिन् ।

    प्रतिकृया दिनुहोस्