News Portal

  • नामले प्रख्यात चैतदशै मेला चैत ३० देखि बैशाख ६ सम्म

    दिनेश विकल्प२०८० चैत्र २३
    ९२ पटक

    चैत्र २३, काठमाडौ । झोलुङ्गे पुलहरुको जिल्ला अर्थात सानो नेपाल भनेर चिनिने जिल्ला बागलुङमा चैत ३० गतेदेखि बैशाख ६ गतेसम्म ऐतिहासिक चैते दशै मेलाको आयोजना गरिएको कालीका भगवती गुठी ब्यवस्थापन समितिले जनाएको छ । यो मेला नेपालकै प्रसिद्द मेला मध्ये एक मेला हो।कालीका गुठी ब्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काकाे अध्यक्षतामा भएको पत्रकार सम्मेलन संचालन कलाकार राजेश वर्दैवाले गरेका थिए ।

    बिक्रम संम्वत १५९१ सालदेखि शुरूवात भएको ऐतिहासिक धार्मिक सांस्कृतिक रूपमा महत्त्वपूर्ण मानिने चैते दशै मेला भब्य र सभ्य रूपमा सम्पन्न गर्नकाे लागि काठमाडौमा पत्रकार भेटघाट कार्यक्रम गरि यहीँ चैत ३० गतेदेखि बैशाख ६ गतेसम्म बिभिन्न कार्यक्रमका सम्पन्न गर्न लागेको कालीका भगवती गुठी ब्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले जानकारी दिएका छन ।

    चैतदशै मेला पत्रकार भेटघाट कार्यक्रममा कालीका गुठी ब्यवस्थापन समितिका प्रेस सल्लाहकार राजेशचन्द राजभण्डारी ,पत्रकार राजु सुवेदी, गुठीका सल्लाहकार लक्ष्मणश्री ,चर्चित गायक थानेश्वर गाैतम ,राष्ट्रिय लाेक दाेहारी प्रतिस्थानका उपाध्यक्ष सुवास केसी , राष्ट्रिय लाेक गायिका जुना शिरिष लगायतका बक्ताहरूले बागलुङमा करिव ५ सय बर्ष अघिदेखि निरन्तररूपमा चल्दै आएको ऐतिहासिक संस्कृतिक महत्त्व बाेकेकाे चैते दशै मेलाको संरक्षण गर्दै यसको महत्त्व र गरिमा बढाउदै लैजान सबैले आआफ्नो क्षेत्र बाट भुमिका खेल्न जरुरी भएको धारणा राखेका थिए ।

    कालीका गुठी ब्यवस्थापन समितिले भने ऐतिहासिक चैते दशैकाे अवसरमा यहीँ चैत ३०गतेदेखि बैशाख ५ गतेसम्म
    बाङ्गेचाैर बालउद्यान परिसर भित्र राष्ट्रिय लाेक दाेहाेरी प्रतियोगिता ,बिद्यालय स्तरीय नृत्य प्रतियोगिता ,छेलाे प्रतियोगिता ,कालीका कप राष्ट्रिय खुला पुरूष भलिबल प्रतियोगिता ,राष्ट्रिय कलाकारको प्रस्तुति राखेर कार्यक्रम भब्य र सभ्य रूपमा सम्पन्न गर्ने योजना बनाएको कालीका गुठीका अध्यक्ष कुमार खड्काले बताए ।

    नेपाल कै प्रसिद्ध धार्मिक शक्तिपिठ कालीका भगवती मन्दिरमा चैते दशैकाे अवसरमा देशभरि बाट ६ लाख भन्दा बढी धार्मिक पर्यटकहरु मन्दिर दर्शनको लागि आउने गर्छन् ।

    प्रतिकृया दिनुहोस्