News Portal

  • ओली केशरजंग रायमाझी भन्दा पनि बढी प्रतिगामी र राष्ट्रघाती भए : ज्ञवाली

    जनगर्जन संवाददाता
    ४१८ पटक

    माघ १०, बुटवल । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समुहका नेता युवराज ज्ञवालीले केपी ओलीले कम्युनिष्टको खोल ओढेर राष्ट्रघाति र प्रतिगमनकारी काम गरेको आरोप लगाएका छन्।

    प्रतिनिधि सभा विघटन गरेर ओलीले कम्युनिष्ट पार्टीमाथि ठूलो प्रहार गरेको उनको आरोप छ। बुटवलमा आयोजित पत्रकार सम्मेलनमा नेता ज्ञवालीले केशरजंग रायमाझीसँग तुलना गर्दै केपी ओलीको कदम बढी जनघाती भएको टिप्पणी गरे। ‘रायमाझीले महेन्द्रको कदमलाई समर्थन मात्र गरेका हुन्, केपी ओलीले आँफै प्रतिगमन गरेका हुन्।’ उनले भने ‘रायमाझी भन्दा उनी अझ प्रतिगमनकारी र जनताको विश्वाशघाती हुन् । रायमाझीले भन्दा अझ बढी क्षति उनले पुर्याउन खोजेका छन्।’

    ज्ञवालीले केपी ओलीले कम्युनिष्ट पार्टी नै खतम गर्न खोजेको भन्दै पार्टी, देश र व्यवस्था बचाउन आफूहरु लागीरहेको बताए। विघटनको कदम देश र जनतामाथि ठूलो विश्वासघात भएको भन्दै उनले प्रधानमन्त्रीका प्रयासलाई असफल पार्ने दाबी गरे। ज्ञवालीले विहिवार काठमाण्डौमा भएको विरोध सभा सुरुवात मात्र भएको भन्दै यो भन्दा अझ ठूला प्रदर्शन गर्ने बताए। उनले ओलीको अहंकारको पराजय हुन जरुरी रहेको बताए। ज्ञवालीले पार्टी एक नै भएपनि केपी ओलीको नेतृत्वमा अब एकिकृत पार्टी नहुने दाबी गरे।

    प्रतिकृया दिनुहोस्