News Portal

  • २७ वर्षीय मुस्लिम महिला भइन जसपा समानुपातिक सांसद पदका लागि सिफारिस

    जनगर्जन २०८० चैत्र २२
    ६४ पटक

    २२ चैत, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले समानुपातिक सांसदका लागि बाँकेकी हसिना खानको नाम सिफारिस गरेको छ ।

    समानुपातिक सांसद मञ्जु शर्मा अन्सारीको निधन भएपछि रिक्त स्थान पदपूर्तिका लागि केन्द्रीय कार्य समिति बैठकको निर्णयले बाँकेकी २७ वर्षीया हसिना खानलाई सिफारिस गरेको जसपाको प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिएका छन ।

    जसपाबाट समानुपातिक निर्वाचन प्रणालीबाट प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित मञ्जुको केही समय अगाडी निधन भएपछि उक्त पद खाली थियो ।

    शहनाज रहमानको २०७९ फागुन १३ गते निधन भएपछि रिक्त रहेको स्थानमा मञ्जु सांसद मनोनीत भएकी थिइन् । उनको पनि सिभिल अस्पतालमा उपचारको क्रममा चैत ४ गते निधन भएपछि रिक्त स्थानमा हसिना सिफारिसमा परेकी हुन् ।

    जसपाले निर्वाचन आयोगमा बुझाएको समानुपातिकको मुस्लिम महिला क्लस्टरको सूचीमा हसिना थिइन् ।

    प्रतिकृया दिनुहोस्