


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) (प्रचण्ड–माधव समूह)का अध्यक्ष पुष्पकमल दाहाल र जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई बीच गोप्य छलफल भएको छ ।
लैनचौरस्थित एक व्यक्तिको नीजि निवासमा भएको छलफलमा अहिलेको आन्दोलनमा कार्यगत एकतालगायत पार्टी एकीकरणसम्मको विषयमा छलफल भएको स्रोतले जनाएको छ ।
अध्यक्ष प्रचण्ड अहिले सबै कम्युनिस्टलाई एकीकरण गर्ने अभियानमा लागेका छन् । सोही क्रममा आज उनले अध्यक्ष भट्टराईसँग छलफल गरेको स्रोतले जनाएको छ । अहिले जसपा नेपाल र नेकपा प्रचण्ड–माधव समूह प्रधानमन्त्री केपी शर्मा अोलीले संसद विघटन गरेको विरुद्धमा आन्दोलन गरिरहेको छ ।
सो आन्दोलनमा पनि कार्यगत एकता गर्ने र विस्तारै पार्टी नै एकीकरण गर्ने विषयमा छलफल भएको बताइएको छ । स्रोतका अनुसार छलफल सकारात्मक भएको छ । त्यहाँ भएको कुराकानीलाई आआफ्नो पार्टीमा पनि छलफल गरिने त्यसपछि पुनः वार्तालाई अगाडि बढाउने बताइएको छ ।
