News Portal

  • समाजवादी मोर्चा नेपालको बृहत अन्तक्रिर्या कार्यक्रम हुदै

    विष्णु विश्वकर्मा२०८० चैत्र २०
    ५० पटक

    चैत्र २०,काठमाडौ । समाजवादी मोर्चा नेपालले आज राष्ट्रिय सभागृह काठमार्डौमा मध्याहन १२ बजेबाट सुरु हुने गरि ‘नेपाली विशेषताको समाजवाद’ शिर्षकमा अन्तरक्रिया कार्यक्रममा गर्ने भएको छ ।

    नेपालमा दलाल संसदीय पुजीवादी व्यवस्थाले वर्तमान संकटको निकास दिन नसक्ने भन्दै चार दलिय राजनीतिक दलले नेपालमा अवको संकटको समाधान/ निकास नेपाली विशेषताको समाजवादबाट खोज्नुपर्ने बताउदै आएका छन ।

    अन्तरक्रियामा कार्यक्रममा प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड,नेकपाका महासचिव तथा समाजवादी मोर्चा नेपालका संयोजक विप्लव सी,नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव को सहभागी रहनेछ।

    कार्यक्रममा अन्य राजनिनिक दलका प्रतिनिधि जनवर्गीय संगठन का पदाधिकारी बुद्धिजीवी लगायत अन्य को सहभागी रहनेछ।

    प्रतिकृया दिनुहोस्