News Portal

  • न्याय माग्दै पीडित आए सम्पर्कमा

    जनगर्जन २०८० चैत्र १७
    २९९ पटक

    चैत्र १७, काठमाडौ । दाङ्ग घोराही उपमहानगरपालिका १५ निवासी दुर्गा बहादुर घर्ती मगरले न्यायको माग गरेका छन ।

    पीडित मगरले आफुहरु सुशील कर्माचार्य र घनश्याम कक्षपति ३ जनाको साझेदारीमा कपिलवस्तु ६ भगवानपुरमा रहेको ७ क कित्ता न १२५८को २२ कठ्ठा र कित्ता न १०८३ को ५ कठ्ठा गरि जम्मा २७ कठ्ठा जग्गाको कारोबार गरेको पाईन्छ ।

    मिति २०७७/११/२५ मा जग्गाको मूल्य दुई करोड छैसठ्ठी लाख रुपैयाँ परेको निवेदन को आधारमा पाईन्छ उक्त रकम मध्ये द्वय कर्माचार्य र कक्षपतिको भागमा एक करोड एक करोड पन्ध्र लाख र पीडित भनिने मगरको भागमा एक करोड एकाउन्न लाख स्वयं ले तिरी रोल्पा सातदोबाटो बस्ने हिराकला थापाको नाम मा द्वयले लगानी गरि उनिहरुको नाममा जग्गा पास गरेको पाईन्छ ।

    कोरोना महामारी र कित्ताकाटको समस्याले गर्दा जग्गा कित्ताकाट खुले पछि नक्कुल बिक भन्ने ब्यक्ति ले सबैको नाम मा पास दिने मौखिक सम्झौता मा जग्गा द्वय कर्माचार्य र कक्षपतिको नाममा गरिएको निवेदनको आधारमा देखिन्छ ।

    जब कित्ताकाट खुल्छ तब सो जग्गा मा चलखेल सुरु हुन्छ र जग्गा हडप्ने नाममा सयकडा ५ को ब्याज लगाई निज व्यक्तिहरुले दुर्गा बहादुर घर्ती मगरको लगानी दुबाउने वातावरणको सिर्जना गरेको देखिन्छ ।

    पुरानो कारोबार / सहमति भएपनी मालपोत मा गैइ ल्याप्चे लगाएको कागजात च्याती छलफल बिना कार्यालय बाट भागेको हुदा आफू अन्यायमा महसुस गर्दै आफ्नो लगानी सुरक्षित गरिपाउ भनी पीडित निवेदन सहित सम्पर्कमा आएका छन ।

    प्रतिकृया दिनुहोस्