News Portal

  • अब हामी वामपन्थी एकताको बाटोतिर फर्किने छौ : प्रचण्ड

    जनगर्जन २०८० चैत्र १७
    ३२ पटक

    चैत १७, काठमाडौं । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू फेरि वामपन्थी एकता तिर फर्कने संकेत गरेका छन शक्ति ।

    २४ औं जेलब्रेक स्मृति दिवसको अवसरमा शनिबार काठमाडौं राष्ट्रिय प्रज्ञा प्रष्तिठानमा आयोजित कार्यक्रममा उनले अहिलेको सत्ता समीकरण निर्माणलाई वामपन्थी एकताको बाटोतिर फर्किएको रुपमा ब्याख्या गरेका छन ।

    २०७४ को चुनाव अगाडि देशभक्त र वामपन्थीहरु एक भएर चुनाव लडौं भनेर प्रस्ताव मैले नै गरेको हो । त्यो कुरा तपाईहरु सबैलाई थाहा छ । त्यसले झण्डै दुई तिहाईमा वामपन्थीलाई पुर्‍याइ पनि दियो । तर दुर्भाग्य जसरी हामीले माओवादी पार्टीलाई एकीकृत राख्न सकेनौं, त्यसैगरी त्यो एकतालाई पनि बचाइराख्न सकेनौं । तर आज हामी फेरि त्यतैतिर फर्कंदैछौं र मैले भन्ने गरेको छु–देशलाई समाजवादको बाटोमा लैजान सकिन्छ’, उनले भने ।

    वामपन्थी एकताका लागि सबैले पहल गर्नुपर्ने प्रचण्डले बताए । ‘…यो कुराको गहिराइलाई आत्मसात गरौं । एकताको निम्ति सबैले आ–आफ्नो ठाउँबाट वातावरण बनाऔं । हामी फेरि साँच्चै एउटा नयाँ इतिहास रचना गर्नसक्छौं’, उनले भने ।

    अहिले समाजमा निराशाको कुरा धेरै हुने गरेको भन्दै प्रचण्डले निराशा छाडेर आशावादिताको कुरा गर्नुपर्ने बताए । ‘धेरै निराशाका कुरा नगरौं । क्रान्तिकारी आशावादिता कुरा गरौं । हामी जीवितै छौं अझै । एकचोटी हामी यो अनुभवसहित एकतावद्ध भएपछि हामी अजेय हुन्छौं’ उनले भने ।

    प्रतिकृया दिनुहोस्