News Portal

  • पोखरा मा यसरी भयो बस दुर्घटना

    जनगर्जन २०८० चैत्र १७
    ३९ पटक

    चैत्र १७,काठमाडौं । पोखराको लेखनाथ अर्चलेमा बस दुर्घटना हुँदा दुई जना घाइते भएका छन् ।दुर्घटनामा घाइते बसका चालक टीकाराम बिक र सहचालक सालिकराम सुवेदीको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार हुँदै छ ।

    लेखनाथ क्षेत्रको आरुपाटाबाट पोखरा आउँदै गरेको ग१ख ८६८० नम्बरको बस अर्चलेमा दुर्घटना भएको हो ।

    बसमा चालक र सहचालकमात्र रहेको जिल्ला प्रहरी कार्यालयल कास्कीका सूचना अधिकारी सूर्यबहादुर रानामगरले जानकारी दिए ।

    अहिले बस दुर्घटना भएको तस्वीर र भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । बस सडकमा ठाडै उभिएको छ ।

    प्रतिकृया दिनुहोस्