News Portal

  • त्रिशुलीमा ट्याक्सी खस्दा ५ जनाको मृत्यु

    जनगर्जन २०८० चैत्र १७
    ४३ पटक

    चैत्र १७, चितवन । आज काठमाडौंबाट गोरखा जाँदै गरेको ट्याक्सी त्रिशूली नदीमा खस्दा पाँच जनाको मृत्यु भएको छ।

    चितवनको इच्छाकामना गाउँ पालिका – ५ पृथ्वी राजमार्ग स्थित सिमलधाराबाट बा२ज ४१९६ नम्बरको ट्याक्सी त्रिशूली नदीमा खसेको हो । ट्याक्सीमा रहेका पाँच जनालाई नदीबाट मृत अवस्थामा निकालिएको इलाका प्रहरी कार्यालय मुग्लिनले जानकारी दिएको छ ।

    मृत्यु हुनेमा एक बालिका, २ जना महिला र २ पुरुष रहेका छन् । मृतहरुको अहिलेसम्म पहिचान हुन सकेको छैन भने ट्याक्सीमा कति जना सवार थिए भन्ने कुराको पनि एकिन नभएको प्रहरीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्