News Portal

  • मौसम पूर्वानुमान महाशाखा भन्छ्, ‘तनहुँको बन्दिपुरमा सबैभन्दा धेरै वर्षा’५७.८ मिलिमिटर

    जनगर्जन २०८० चैत्र १५
    ४८ पटक

    चैत्र १५,काठमाडौ । अहिले बागमती सहित नेपालको तीन प्रदेशमा वर्षा भइरहेको छ । अन्य प्रदेशको मौसम आंशिक बदली भएको छ । मौसमविज्ञान विभाग अन्तर्गतको जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण गण्डकी, बागमती र कोशी प्रदेशमा वर्षा भइरहेको छ ।

    महाशाखाका मौसमविद् शान्ति कँडेलका अनुसार यी प्रदेशमा आगामी तीन दिनसम्म नै वर्षाको सम्भावना रहेको छ । कँडेलले भनिन्, गण्डकी, बागमती र कोशी प्रदेशका सबैजसो ठाउँमा आगामी तीन दिन नै वर्षाको सम्भावना रहेको छ भने अन्य केही स्थानमा हल्का वर्षा मात्र हुने सम्भावना देखिन्छ ।

    मौसमविद् कँडेलका अनुसार पछिल्लो २४ घण्टामा सबैभन्दा बढी गण्डकी प्रदेश अन्तर्गत तनहुँको बन्दिपुरमा ५७.८ मिलिमिटर वर्षा मापन भएको छ ।

    प्रतिकृया दिनुहोस्