News Portal

  • आज देखि SEE परिक्षा सुरु

    जनगर्जन २०८० चैत्र १५
    ४५ पटक

    १५ चैत, काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)आजदेखि सुरु भएको छ । आजदेखी सुरु भएको परीक्षा २७ गतेसम्म चल्ने छ ।

    परिक्षाको पहिलो दिन परीक्षार्थीहरुले अनिवार्य अंग्रेजी विषयको परीक्षा दिइरहेका छन् भने परिक्षा बिहान ८ बजेदेखि सुरु भै ११ बजे सकिने छ ।

    एसईई परीक्षाका लागि सामुदायिक तथा संस्थागत गरी १० हजार ८०६ विद्यालयका २ लाख ५० हजार ७७२ छात्रा, २ लाख ५३ हजार ६२७ छात्र र यौनिक तथा लैंगिक अल्पसंख्यक १५ जना गरी कुल ५ लाख ४ हजार ४१४ जना परीक्षार्थीले फारम भरेका थिए । परीक्षाका लागि २ हजार ६४ परीक्षा केन्द्र तोकिएको छ ।

    विगतका एसईई परीक्षामा सैद्धान्तिक र प्रयोगात्मक दुवै जोडेर ३५ प्रतिशत अंक ल्याउनुपर्ने प्रावधान रहेकामा यस वर्षदेखि विद्यार्थीले सैद्धान्तिकमा ३५ र प्रयोगात्मकमा ४० प्रतिशत अंक ल्याउनैपर्ने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

    ३५ प्रतिशतभन्दा कम अंक ल्याएमा कक्षा ११ मा भर्ना हुन नपाउने अहिलेको प्रावधान रहेको छ भने त्यस्ता परीक्षार्थीहरुले मौका परीक्षा भने दिन पाउने छन् ।

    प्रतिकृया दिनुहोस्