News Portal

  • धारिलो हतियार प्रयोग गरि श्रीमानले गरे श्रीमतीको हत्या

    जनगर्जन संवाददाता२०८० चैत्र १३
    ३९ पटक

    चैत्र १३ काठमाडौ । बाँकेको कोहलपुरमा धारिलो हतियार प्रहार गरि श्रीमतिको हत्या गर्ने श्रीमान प्रहरी नियन्त्रणमा परेका छन । कोहलपुर वडानं– १४ बस्दै आएका २२ वर्षिय अनिल बिकले आफ्नै २१ वर्षिया श्रीमती सुशिला सुनारमाथि धारिलो हतियार प्रहार गरि हत्या गरको प्रहरीले जनाएको छ ।

    बर्दियाको बाँसगढी घर भएका अनिल दम्पत्ति बाँकेको कोहलपुर–१४ पावर्तीपुरमा बस्दै आएकोमा सोमबार राती आपसी झगडामा अनिलले श्रीमती सुशिलामाथि धारिलो हतियार प्रहार गरेर गम्भीर घाइते बनाएको कोहलपुर प्रहरीका निमित्त प्रमुख प्रहरी निरीक्षक देवराज भट्टराईले जानकारी दिए ।

    गम्भीर घाइते भएकी सुशिलालाई नेपालगञ्ज मेडिकल कलेज, शिक्षण अस्पताल कोहलपुर पु¥याए लगत्तै चिकित्सकले मृत घोषणा गरेको प्रहरी निरिक्षक भट्टराईले बताए ।

    अनिल दम्पत्तिले पावर्तीपुर स्थित बागेश्वरी हिम पाइप उद्योगमा काम गर्दै आएका थिए । अनिलले मृतक सुशीलामाथि उद्योगको कामदार आवास क्षेत्रको कोठामा नै धारीलो हतियार प्रहार गरेको प्रहरी निरीक्षक भट्टराईले बताए । श्रीमतीको हत्या अभियोगमा अनिललाई प्रहरीले पक्राउ गरि अनुसंन्धान सुरु गरेको जनाएको छ ।

    प्रतिकृया दिनुहोस्