News Portal

  • दीपक कार्कीले लिए वन तथा वातावरण राज्यमन्त्रीको शपथ

    जनगर्जन संवाददाता२०८० चैत्र १२
    ३७ पटक

    चैत्र १२,काठमाडौँ । दीपक कार्कीले वन तथा वातावरण राज्यमन्त्रीको शपथ ग्रहण गरेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार कार्कीले राज्यमन्त्रीको शपथ ग्रहण गरेका हुन् ।

    उनलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राज्यमन्त्रीको शपथ ग्रहण गराएका हुन् । यसअघि कार्कीलाई राष्ट्रपति रामचन्द्र पौडेलले राज्यमन्त्री नियुक्त गरेका थिए । उनलाई प्रधानमन्त्री प्रचण्डको सिफारिसमा राज्यमन्त्रीमा नियुक्त गरिएको हो । उनी जसपाबाट राज्यमन्त्री बनेका हुन् भने वन मन्त्रालयमा सोही पार्टीबाट नवलकिशोर साह मन्त्री रहेका छन् ।

    प्रतिकृया दिनुहोस्