News Portal

  • अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी )कपिलवस्तुले कब्जा गर्यो विवादित जग्गा

    जनगर्जन संवाददाता२०८० चैत्र १०
    ३०५ पटक

    चैत्र १०,कपिलवस्तु : नेपाल कम्युनिस्ट पार्टीको साहायक संगठन अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी ) कपिलवस्तु जिल्ला समितिले जग्गा कब्जा गरेको जानकारी गराएका छन।

    कपिलवस्तु जिल्ला वार्णगंगा नगरपालिका वडा न.११ मा देउवापारको जग्गा जमिन्दार अकवाल अहमद खाँ को जग्गा बिगत लामो समय देखि जनयुद्धकालमै त्यो जमिन ०५७/५८ सालमा पार्टीले २६ बिगाहा जमिन कब्जामा गरेको थियो। त्यो समयदेखी पार्टीले उक्त कब्जा गरेको जग्गा भुमिहिन तथा सुकुम्बासीहरुलाई हस्तान्तरण गरेको थियो र अहिले पनि त्यो जग्गा उनिहरुले नै भोगचलन गर्दै आईरहेका छन ।

    हाल त्यो जमिन बिचमा दलालिकरण भएकोले केही दलालहरुले किन बेच गरेको जानकारी पाए पछि फेरी जग्गा कब्जा गरेको हो । जग्गा किनबेचमा सलग्न जग्गा दलाल लक्ष्मण भण्डारी किनबेच गरिरहेको ५ बिगाहा जमिन झबिन्द्र पौडेल 4 कट्ठा र हरी गुप्ताले १२ कट्ठा जमिन बेचबिखन गरेको थाहा पाए पछि नेपाल किसान महासंघ (क्रान्तिकारी ) कपिलवस्तु ले उक्त जग्ग्ग कब्जा गरेकोबजिल्ला अध्यक्ष रेशम सीले जानकारी गराएका छन ।

    जम्मा २६ बिगाहा जमिनमा १६ बिगाहा जमिन दलालिकरण भएको छ ।सो जमिन २०६४ साल देखि २०६७ साल सम्ममा फुकुवा गरि विभिन्न समयमा पटक पटक बोलाउदा पनि समस्या हल हुन सकिरहेको छैन ।

    प्रतिकृया दिनुहोस्