News Portal

  • छात्रालाई शारीरिक तथा मानसिक यातना दिई आत्महत्या गर्न बाध्य पारिएकोप्रति समाजवादी छात्रा विभागद्वारा आपत्ति

    जनगर्जन २०८० चैत्र १०
    ४२ पटक

    काठमाडौँ – शनिबार अखिल (समाजवादी )ले धादिङ को धुनिबेसि को भुवनेश्वरी मा बि मा विद्यार्थि लाई शारीरिक तथा मानसिक यातना दिई आत्महत्या गर्ने बाध्य पारिएको प्रति आपत्ति जनाएको छ ।

    शनिबार अखिल (समाजवादी )ले छात्रा विभाग प्रमुख तारा सन्ज्याल द्वारा जारी प्रेस वक्तव्यमा भनिएको छ,२०८० चैत ४ गते धादिङ जिल्लाको धुनिबेसी नगरपालिका वडा नम्बर ५ स्थित भुवनेश्वरी मा. वि. का केही शिक्षक/शिक्षिकाले कक्षा ८ मा अध्यनरत छात्रा सिम्रन थापालाई कुनै विद्यार्थीको पैसा हराएको निहुँमा विद्यालयकै शौचालयमा लगि सम्पूर्ण कपडाहरु खोली शारीरिक र चर्को मानसिक यातना दिएको र केही समय शौचालयमै थुनेर छोडेको त्यसपछि सबैले पैसा चोरेको भनेर गिज्याउन थालेपछि सिम्रन घरमा गएर आत्महत्या गरेको दु:खद घटनाले हाम्रो संगठन अखिल (समाजवादी) केन्द्रीय छात्रा बिभाग को गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

    गम्भीर प्रकृतिको घटना हुँदा परिवारले प्रहरी प्रशासन समक्ष किटानी जाहेरी दिदा प्रहरीले आज सम्म जाहेरी लिन आनाकानी गरिरहेको र पोष्टमाटम रिपोर्ट नआउदै धुँनिबेसी न पा वडा न ४ का वडा अध्यक्ष ,व्यवस्थापन समिती अध्यक्ष ले दाहसंस्कार गर्न धेरै दबाव दिएको र उक्त विद्यालयका प्रध्यानाध्यापक ले पनि गैर जिम्मेवार अभिव्यक्ति दिनुले गम्भीर आशंका निम्त्याएको छ। परिवारको न्यायको निम्ति सबैले सहयोग गर्नुपर्ने अबस्थामा जिम्मेवार निकाय बाट यी र यस्ता व्यवहार हरु देखिनुले हामिलाइ आक्रोशित बनाएको छ हामी जिम्मेवार निकायको उक्त हर्कतको घोर निन्दा र भत्सर्ना गर्दछौं।

    मृतक कि आमा सरस्वती थापामगर तथा मृतक सिम्रन थापा का साथीहरु र उनको सु साइड नोटका अनुसार विद्यालयका केही शिक्षक शिक्षिकाले सिम्रन लाई विभिन्न निउमा पहिले देखि नै मानसिक यातना दिदै आएको बुझिएको छ। तत्काल उक्त घटनाको किटानी जाहेरी दर्ता गरि आत्महत्या गर्न बाध्य बनाउने शिक्षक शिक्षिकाहरु लाई नियन्त्रणमा लिई सत्यतथ्य पत्ता लगाई कानुन अनुसार दोषीलाई हदैसम्मको कार्वाही गरि पीडित परिवार लाई न्याय दिलाउन अनुरोध गरेका छ, अन्यथा पीडित परिवारको न्यायको निम्ति हाम्रो संगठन अखिल (समाजवादी ) केन्द्रीय छात्रा विभाग जस्तोसुकै सघर्ष गर्न पनि बाध्य हुनेछ र त्यसबाट उत्पन परिस्थितिको जिम्मेवार सम्बन्धित निकाय हुनेछ विज्ञप्तिमा जारी छ।

    स्थापना कालदेखि नै विद्यार्थीहरुको हक, हित, अधिकार , न्याय, मुक्ति, स्वतन्त्रता को पक्षमा र शैक्षिक क्षेत्रमा हुने विकृति, विसंगति, विद्यार्थीहरुमाथि हुने दुव्र्यवहार, छात्राहरुमाथि हुने विभिन्न खाले हिंसाका विरुद्ध संघर्ष गर्दै आइरहेको अखिल (समाजवादी )ले घटनाका विरुद्ध आवाज बुलन्द गर्नका लागि सम्पूर्ण वामपन्थी, देशभक्त, समाजवादी, लोकतन्त्रवादी विद्यार्थी संगठनहरुलाई हार्दिक अनुरोध गरेको छ।”

    प्रतिकृया दिनुहोस्