News Portal

  • आज तीन वटा संसदीय समितिको बैठक बस्दै

    जनगर्जन संवाददाता२०८० चैत्र ९
    १५ पटक

    चैत ९,काठमाडौँ । आज तीन वटा संसदीय समितिको बैठक बस्दै छ । जसअनुसार पूर्वाधार विकास समितिको बैठक मध्यान्ह १२ बजे बस्दै छ । बैठकमा कोशी प्रदेशको स्थलगत भ्रमण प्रतिवेदन माथि छलफल हुनेछ ।

    त्यस्तै दिउँसो १ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकका सम्बन्धमा छलफल हुनेछ ।

    त्यस्तै दिउँसो १ बजे नै बस्ने सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा समितिको आगामी कार्ययोजनाका सम्बन्धमा छलफल हुनेछ ।

    प्रतिकृया दिनुहोस्