News Portal

  • प्रधानमन्त्री ओलीको हालत ट्रम्प जस्तै हुन्छ : उपेन्द्र यादव

    जनगर्जन संवाददाता
    ४६८ पटक

    ७ माघ, सप्तरी । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीको हालत अमेरिकी राष्ट्रपति ड्रोनाल्ड ट्रम्पजस्तै हुने चेतावनी दिएका छन् ।

     

    संसद विघटनको विरोधमा जसपा सप्तरीले बुधबार सदरमुकाम राजविराजमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष यादवले जाँदाजाँदै प्रधानमन्त्री ओली र राष्ट्रपति विद्या देवी भण्डारीलाई पनि महाअभियोगको सामना गर्नुपर्ने बताए ।

    ‘जाँदाजाँदै ट्रम्पमाथि जसरी महाअभियोग लाग्यो, भोली नेपालमा पनि असंवैधानिक तरिकाले संसद विघटन गर्ने दुवै जनाविरुद्व यस्तो नहोला भन्न सकिन्न,’ उनले भने, ‘लोकतन्त्रमा यो सम्भव छ ।’

    आफूले जे चाहन्छु त्यही हुन्छ भन्ने मानसिकता प्रधानमन्त्रीले बोकेको भएपनि त्यो काम नलाग्ने उनको भनाइ थियो । ‘प्रधानमन्त्रीको यो ताकतमा कुनै दम छैन उनले भनेनेपालमै ठूला राजा महाराजाहरु आएर गएको अवस्था छ ।’

    प्रधानमन्त्री ओलीले धेरै झुठ बोलिरहेको उनको आरोप छ । सुरुमा संवैधानिक तरिकाले संसद विघटन गरेको बताउने प्रधानमन्त्रीले असंवैधानिक चर्चा हुन थालेपछि राजनीतिक निर्णय गरेर विघटन गरेको बताउनुले असंवैधानिक कदम चालेको भनेर प्रधानमन्त्रीले स्वयं स्वीकारेको उनले बताए ।

    संसद विघटनलाई सदर गराउन प्रधानमन्त्रीले सर्वाेच्चलाई धम्क्याउने काम गरिरहेको आरोप लगाउँदै उनले प्रधानमन्त्रीको कदम सदर भए देशमा राजनीतिक अन्यौलता र संकट उत्पन्न हुने उनको भनाइ छ ।

    आफूहरु सर्वाेच्चलाई सम्मान गर्ने गरेको बताउँदै अध्यक्ष यादवले सर्वाेच्चले सही निर्णय गर्ने विश्वास व्यक्त गरे ।

    संवैधानिक व्यवस्था र राजनीतिलाई लुडो खेल जस्तै बनाइएको बताउँदै उनले जसरी लुडोमा सर्पको मुखमा परेपछि गोटी पुनः तल आउँछ त्यसरी नै संवैधानिक व्यवस्थाको रहेको उल्लेख

     

    प्रतिकृया दिनुहोस्