News Portal

  • नियम विपरीत नगएका व्यवसायी त्रसित हुनुपर्दैन – प्रधानमन्त्री प्रचण्ड

    जनगर्जन संवाददाता२०८० चैत्र ३
    ५२ पटक

    चैत काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार छिटोछिटो परिवर्तन भइरहे पनि विकास निर्माणको काम प्रभावित हुन नहुने बताएका छन् । पोखरामा शनिबार आयोजित कार्यक्रममा उनले विकास र समृद्धिको यात्रामा सरकार परिवर्तनले अवरोध हुन नहुने बताएका हुन् । नयाँ सत्ता समीकरण बनेपछि आफूले गृहमन्त्री र अर्थमन्त्रीलाई राखेर व्यवसायीलाई काम गर्ने वातावरण बनाउन, निजी क्षेत्रलाई प्रोत्साहित गर्न र व्यवसायीलाई कुनै खाले अनावश्यक दु:ख नदिन निर्देशन दिएको पनि प्रचण्डले बताए ।

    नियम र कानुन पालना गरेर काम गरिरहेको कुनै पनि व्यवसायीले त्रसित हुन नपर्ने उनको भनाइ छ । देशका विभिन्न स्थानबाट सिधै पोखरा आउनका लागि हवाइमार्ग पहिलेभन्दा सहज भएको उल्लेख गर्दै प्रधानमन्त्रीले अब पोखराबाट झापा, विराटनगर, चितवन, भैरहवा, नेपालगञ्ज र धनगढीमा पनि नियमित उडानको वातावरण बनाउने बताए ।

    पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका विषयमा निजी क्षेत्रले देखाएको चासो सम्बोधन गर्न आफूले पहल गरिरहेको प्रधानमन्त्रीको भनाइ छ ।सरकारले पनि भारत र चीनका जहाज सिधै पोखरा आउन् भन्ने चाहेको र आफूले पनि त्यसै अनुसार पहल गरिरहेको उनले बताए ।

    पोखरा आवतजावत गर्ने सडक मार्गको अवस्थाबारे आफू पूर्ण जानकार रहेको भन्दै उनले पोखरा–मुग्लिन सडक विस्तारको काममा ढिलो नगर्न ताकेका गरिरहेको दाबी गरे ।

    प्रतिकृया दिनुहोस्