News Portal

  • सरकार र लघुवित्त पीडित बीच वार्ता सुरु

    जनगर्जन संवाददाता२०८० चैत्र १
    ५६ पटक

    १ चैत, काठमाडौं । अर्थ मन्त्रालय र लघुवित्त पीडितबीच सिंहदरबारमा वार्ता सुरु भएको छ ।

    अर्थले आन्दोलनरत लघुवित्त वित्तीय संस्था पीडित संघर्ष समितिलाई बुधबार वार्तामा बोलाएको थियो । सोही अनुसार अहिले वार्ता सुरु भएको अर्थ मन्त्रालयले जनाएको छ ।

    अर्थमन्त्री वर्षमान पुनको निर्देशनमा मन्त्रालयले लघुवित्त पीडितका प्रतिनिधिलाई वार्ताका लागि सिंहदरबारस्थित मन्त्रालयमा बोलाएको हो ।

    मन्त्रालयद्वारा सह–सहसचिव एवम् वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान महाशाखा प्रमुख नारायणप्रसाद रिसाल नेतृत्वमा गठित समितिले पीडितका प्रतिनिधिलाई वार्तामा बोलाएको हो ।

    उक्त समितिमा गृहमन्त्रालयका सहसचिव एवम् प्रवक्ता नारायणप्रसाद भट्टराई, कानुन मन्त्रालयका उपसचिव झइन्द्र गुरागाईं, नेपाल राष्ट्र बैंकका प्रतिनिधि छन् । समिति सदस्य सचिवमा अर्थ मन्त्रालयका उपसचिव केशव उप्रेती छन् ।

    मन्त्री पुनले समितिलाई संघर्ष समितिसँग वार्ता गरी उनीहरुका माग सम्बोधन गर्ने उपायसहित प्रतिवेदन बुझाउन निर्देशन दिएका छन् ।

    मन्त्रालयले यसअघि नै समस्याको टुंगो नलाग्दासम्म लघुवित्तका ऋणिलाई घरघरमा गएर गैरकानुनी रुपमा बलजफ्ती नगर्न लघुवित्त सञ्चालकलाई निर्देशन दिएको थियो ।

    मन्त्रालयले प्रचलित कानुन तथा नेपाल राष्ट्रबैंकबाट दिइएको नीति निर्देशन विपरीत कार्य गर्ने लघुवित्त वित्तीय संस्थाहरुमाथि छानबिन गरी कारबाहीको दायरामा ल्याउन सम्बद्ध निकायलाई आग्रह गरिसकेको छ ।

    प्रतिकृया दिनुहोस्