News Portal

  • चिनियाँले राखेका बेलुन महानगर प्रहरीले हटायो

    जनगर्जन संवाददाता२०८० चैत्र १
    ६२ पटक

    १ चैत, काठमाडौं । काठमाडौं महानगरपालिका नगर प्रहरीले ठमेलमा चिनियाँहरूले राखेको बेलुन हटाएको छ । महानगर प्रहरीले ठमेल क्षेत्रको करिब ३ सय थान चिनियाँ रातो बेलुन हटाएको हो ।

    ‘ठमेलमा चिनियाँले नयाँ वर्षको उपलक्ष्यमा तीन दिनका लागि भनेर बेलनु राखेका थिए, तर अहिलेसम्म पनि नहटाएकाले नगर प्रहरीले हटाएको हो,’ महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए ।

    पाण्डेका अनुसार अनुमति माग्दा आफैं हटाउँछु भने पनि ठमेलमा फेबु्रअरी १० मा राखेको बेलुन अहिलेसम्म हटाएका थिएनन् ।

    ‘नगर प्रहरीले आफैंले हटाउनुपरेको हो,’ उनले भने, ‘बेलुनभित्र राखेको बत्ती र डोरी पनि हटाएका छौं ।’

    काठमाडौं ठमेल क्षेत्रमा चिनियाँको लगानीमा थुप्रै रेस्टुरेन्ट तथा होटल सञ्चालनमा छन् । चिनियाँ नयाँ वर्षमा ठमेल, वसन्तपुरमा यहाँ रहेका चिनियाँले भव्य कार्यक्रम गर्दै आएका छन् ।

    प्रतिकृया दिनुहोस्