News Portal

  • कर्णाली नदीको पुलमाथि ट्रकमा लागेको आगलागी नियन्त्रणमा

    जनगर्जन संवाददाता२०८० फाल्गुण २९
    ३६ पटक

    धनगढी । कैलाली र बर्दिया जोड्ने कर्णाली नदीको पुलमाथि गुडिरहेको ट्रकमा लागेको आगो तीन घण्टापछि नियन्त्रणमा आएको छ ।

    नेपालगञ्जबाट कञ्चनपुरतर्फ आउँदै गरेको लाइटर बोकेको ना ५ ख ५२९७ नम्बरको ट्रकमा कर्णाली पुल भएर अघि बढ्दा अचानक आगलागी भएको थियो ।

    दमकल, सुरक्षाकर्मी, जनप्रतिनिधि र सर्वसाधारणको संयुक्त प्रयासमा आगो लगभग नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले जानकारी दिए ।

    आगलागीबाट ट्रकसँगै त्यसमा रहेको लाइटर जलेर नष्ट भएको छ । पुलमा गुडिरहेकै समयमा ट्रकमा आगलागी हुँदा पुलका तारहरूमा समेत क्षति पुगेको छ ।

    आगो नियन्त्रणमा लिन कैलालीको लम्कीचुहा, टीकापुर, घोडाघोडी र बर्दियाको मधुवन नगरपालिकाको दमकल पुगेको थियो ।

    ट्रकमा लाइटर भएको र त्यसको ग्यासका कारण आगो नियन्त्रणमा लिन समय लागेको प्रहरी नायब उपरीक्षक चन्दले बताए ।

    ट्रकमा एक करोड १० लाख रुपैयाँ बराबरको लाइटर रहेको बताइएको छ ।

    प्रतिकृया दिनुहोस्