जनगर्जन संवाददाता



माघ ५ काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पुष ५ गते ससद विघटन गरेको बिरुद्ध परेका एक दर्जन बढी रिटमाथिको बहस आज पनि हुने भएको छ । सबै रिटहरुलाई सवैधानिक ईजलाशमा सुनुवाई भईरहेको हो ।
हिजो वरिष्ठ कानुन विद विभार्जुन आचार्य सहितका अधिवक्ताहरुले प्रधानमन्त्रीलाई संसद विघटनको अधिकार नभएको जिकिर गर्दै बहस गरेका थिए ।प्रधानन्यायधीशसँग सवाल जवाफ पनि भएको थियो । आज पनि बहस जारी रहनेछ ।सर्वोच्चले संविधान विपरीत भएको संसद विघटनको निर्णयलाई बदर गर्ने र संसद पुनस्थापित हुनेमा आन्दोलरत दलका नेताहरु आशाबादी छन् ।
तर प्रधानमन्त्री ओली भने संसद पुनस्थापना नहुने भन्दै निर्वाचनमा लाग्न निर्देशन दिँदै आएका छन् ।संसद विघटन अलोकतान्त्रिक र असंवैधानिक भन्दै सडकमा काँग्रेस, नेकपा प्रचण्ड माधव समुह, जसपा लगायतका दलहरु आन्दोलित बनिरहेका छन् ।
