News Portal

  • वर्तमान राष्ट्रिय परिस्थिति र नेपाली विशेषताको समाजवाद विषयक अन्तर्क्रिया बागलुङमा सम्पन्न

    जनगर्जन संवाददाता२०८० फाल्गुण २३
    १०२ पटक

    विष्णु विश्वकर्मा
    बागलुङ । वर्तमान राष्ट्रिय परिस्थिति र नेपाली विशेषताको समाजवाद विषयक अन्तरक्रिया कार्यक्रम बागलुङमा सम्पन्न भएको छ ।
    मङलवार धौलागिरी ब्युरो अन्तर्गत बागलुङ जिल्लाको गलकोट नगरपालिकामा कार्यक्रम सम्पन्न भएको हो ।

    नेकपा बागलुङ जिल्ला गल्कोट नगर इन्चार्ज गोविन्द सीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख आतिथि नेकपाका धौलागिरी ब्युरो इन्चार्ज तथा नेकपा पिबिएम विकिरण सी, अतिथिहरु नेकपा जिल्ला सेक्रेटरी प्रसिद्धि सी, ने.का.जिल्ला सहसचिब फम लाल खत्रि , नगर उप सभापति यज्ञ प्रसाद सापकाेटा , एमाले नगर अध्यक्ष पुर्ण काउचा , माके नगर अध्यक्ष चन्द्रदत्त रेग्मी , गल्काेट नगर समाजबादी मोर्चा संयाेजक गंगा भुजेल , विरेन्द्र पहाडि दलित अधिकार कर्मि ,समाजसेबि तिलक उप्रेती ,बडा अध्यक्ष तेज ब थापा ,अध्यक्ष राम प्रसाद कडेलको रहेको छ।

    नेकपा धौलागिरी ब्युरो इन्चार्ज तथा पिबिएम विकिरण सीले अहिलेको निकास भनेको नेपाली समाजवादको विशेषता भएको बताए । नेपालको वर्तमान राजनितिक संकट आउनुमा दलाल पुजीवादी सत्ता
    रहेको छ। दलाल पुजिवादको अन्त्य गरेर आजको संकटको निकास नेपाली विशेषताको समाजवाद हो ।जुन समाजवाद प्राप्तिको लागि वामपन्थी कम्युनिस्ट हरु लोकतान्त्रिक गणतन्त्र वादी हरु देशभक्त र समाजवादी एक ठाउँ भएर अगाडि बढ्नुपर्ने देखिन्छ ।नेपाली मौलिकताको पहिचान गर्दै कृषि प्रर्यटन प्राकृतिक साधन स्रोत लाई माथी उठाउनु आवश्यक देखिन्छ ।

    त्यसैगरी अन्य वक्ताहरुले पनि नेपालमा दलाल संसदिय व्यवस्थाको कारण नेपालमा भ्रष्टाचार हाबी भएकोले समाजवाद ल्याउनको लागि सबै क्रान्तिकारी शक्तिहरु एकजुट भएर नेपालमा समाजवाद ल्याउने सकिनेमा जोड दिएका थिए ।अहिलेको नेपाली परिवेशमा सबै वामपन्थी शक्तिहरु एकजुट भएर लाग्नुपर्ने र दलाल पुजीवादी संसदीय व्यवस्थाको कारण नेपालमा दलाल भ्रष्टाचार बढिरहेकोले यसको हल भनेकै नेपाली समाजवादको विशेषता भएको दाबी गरे । हामीले नेपालमा समाजवाद ल्याउनुपर्छ र हजारौं शहिदहरुको सपनालाई पूरा गर्नका लागि पनि नेपालमा समाजवादको विशेष महत्व रहेको छ भनेका छन ।’

    कार्यक्रम अखिल समाजवादी धौलागिरी इन्चार्ज उपेन्द्र सीको सन्चालन मा सम्पन्न भएको छ साथै कार्यपत्र माथी ने का जिल्ला सहसचिब फम लाल खत्रि , नगर उप सभापति यज्ञ प्रसाद सापकाेटा , एमाले नगर अध्यक्ष पुर्ण काउचा , माके नगर अध्यक्ष चन्द्रदत्त रेग्मी , गल्काे नगर समाजबादी माेरचा संयाेजक गंगा भुजेल , बीरेन्द पहाडि दलित अधिकार कर्मि ,समाजसेबि तिलक उप्रेती ,बडा अध्यक्ष ९ का तेज ब थापा ६ का अध्यक्ष राम प्रसाद कडेल ले टिप्पणी गरेका छन।

    प्रतिकृया दिनुहोस्