News Portal

काठमाडौँ आउदै गरेको यात्रुवाहक बस त्रिशूली नदीमा खस्यो

जनगर्जन संवाददाता२०८० फाल्गुण २३
२०० पटक

धादिङ – रुपन्देही लुम्बिनी बाट काठमाडौँ जाँदै गरेको यात्रुवाहक बस त्रिशूली नदीमा खसेको छ। बस अनियन्त्रित भएर आज बिहान ५ बजे नदीमा खसेको प्रहरीले जनाएको छ।

बसमा रहेका मध्ये १३ जनालाई सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन सुरक्षा बेस आदमघाटको टोलीले नदिबाट उद्वारा गरेको छ। डिएसपी नेतृत्वको १८ जनाको टोलीले उनीहरुलाई जीवितै उद्वार गरेको हो।

उद्वार गरिएकाहरुलाई उपचारका लागि गजुरी अस्पताल पठाईएको प्रहरीले जनाएको छ। घटनाको विस्तृत विवरण आएको छैन।

प्रतिकृया दिनुहोस्