News Portal

  • सिन्धुलीमा नेपाली विशेषताको समाजवाद विषयक अंतरकृया कार्यक्रम सप्पन्न

    जनगर्जन संवाददाता२०८० फाल्गुण २२
    १८१ पटक

    विष्णु विश्वकर्मा
    फागुन २२ सिन्धुली । वर्तमान राष्ट्रिय परिस्थिति र नेपाली विशेषताको समाजवाद विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
    सोमबार पश्चिम जनकपुर व्युरो अन्तर्गत सिम्धुली जिल्लाको मरिन गाउँपालिकामा कार्यक्रम सम्पन्न भएको हो।

    नेकपा सिन्धुलीको जिल्ला इन्चार्ज शशी सीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख आतिथि नेकपाका पश्चिम ताम्सालिङ ब्युरो इन्चार्ज तथा नेकपा का पिबिएम आजाद सी अतिथिहरु पश्चिम जनकपुर व्युरो इन्चार्ज कमरेड जुझारु सी, नेकपा माओवादी केन्द्र का उद्वव पन्त ,नेकपा एकि समाजवादका केन्द्रिय परिषद सदस्य छत्र लाखे तथा विभिन्न पार्टी का प्रतिनिधिहरुको आतिथ्य रहेको थियो।

    नेकपा पश्चिम ताम्सालिङ ब्युरो इन्चार्ज तथा नेकपा का पिबिएम आजाद सीले अहिलेको निकास भनेको नेपाली समाजवादको विशेषता हो । अहिलेको नेपाली परिवेशमा सबै वामपन्थी शक्ति हरु एकजुट भएर लाग्नुपर्ने र दलाल पुजीवादी संसदीय व्यबस्थाको कारण नेपालमा दलाल भ्रष्टाचार बढिरहेको छ यसको हल भनेकै नेपाली समाजवादको विशेषता हो। हामिले नेपालमा समाजवाद ल्याउनुपर्छ र हजारौं शहिदहरुको सपनालाई पूरा गर्नका लागि पनि नेपालम समाजवाद को विशेष महत्व रहेको छ।

    कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य तथा पश्चिम जनकपुर ब्युरो इन्चार्ज जुझारु सी ले वर्तमान राष्ट्रिय परिस्थिति र नेपाली विशेषताको समाजवाद कसरी सम्भव छ त अहिलेको परिस्थितिमा दलाल पुजीवादी संसदीय व्यवस्था भएको र यसको हल नेपाली बिशेषताको समाजवादले मात्रै दिने जिकिर गरेका थिए । जनताको चाहना के हो ,दलाल पुजिवादको अवस्था केभो, वामपन्थी ,गणतन्त्रवादी देशभक्ति र मध्यम वर्गको प्रभाव पुजीवादीको चरित्रको अध्ययन गरि यसको समाधान भनेकै नेपाली समाजवाद हो भन्ने कुरामा जिकिर गरे ।

    त्यसैगरी अन्य वक्ता हरुले पनि नेपालमा दलाल संसदिय व्यबस्थाको कारण नेपालमा भ्रष्टाचार हाबी भएकोले समाजवाद ल्याउनको लागि सबै क्रान्तिकारी शक्ति हरु एकजुट भएर नेपालमा समाजवाद ल्याउने सकिने कुरामा जोड दिएका थिए ।

    कार्यक्रम नेकपा पश्चिम जिल्ला सेक्रेटरी जनक सीको सन्चालन तथा स्वागत मन्तव्य अखिल समाजवादी का केन्द्रिय सदस्य सुधा सी ले गरेका थिए ।

    प्रतिकृया दिनुहोस्