News Portal

  • हाम्रो गन्तव्य संघीय लोकतान्त्रिक गणतन्त्र मात्रै होइन :नेत्रविक्रम चन्द

    जनगर्जन संवाददाता२०८० फाल्गुण २१
    १३४ पटक

    काठमाडौँ —नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले ‘हाम्रो गन्तव्य संघीय लोकतान्त्रिक गणतन्त्र मात्रै होइन, हाम्रो सपना वैज्ञानिक समाजवाद हुँदै मानव जातिलाई वर्गविहीन, शोषणविहीन, जाति विहीन साम्यवादमा पुर्‍याउने हाम्रो आदर्श छ,’ उनले भने, ‘हामी त्यसमा जान चाहान्छौँ । तर आजको संघीय लोकतान्त्रिक गणतन्त्रलाई पनि यत्तिकै सडकमा छोडेर, देशलाई अरु-अरुको जिम्मा लाएर जान सकिदैनँ ।’

    जनयुद्ध लाई औचित्यहीन र अपराध भन्नु इतिहासको मजाक भएको बताएका छन् । सोमबार काठमाडौंमा आयोजित ‘शान्ति प्रक्रिया, संघीय लोकतान्त्रिक गणतन्त्र र आजको राजनीति’ विषयक बृहत् अन्तरक्रिया कार्यक्रममा महासचिव चन्दले संघीय लोकतान्त्रिक गणतन्त्र जनयुद्ध, जनआन्दोलन र नेपालका सम्पूर्ण विद्रोहको सन्तानको रुपमा जन्मिएको दाबी गरे।

    उनले देशमा नायकहरुलाई अपराधीजस्तो र अपराधीहरुलाई नायकजस्तो बनाउने परिस्थिति रहेको बताए । उनले जनयुद्ध नेपाली इतिहासको सबैभन्दा श्रेष्ठ आन्दोलन भएको दाबी गरे । जनयुद्धको प्रतिफलका रुपमा नै संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको उनको भनाइ छ । ‘संघीय लोकतान्त्रिक गणतन्त्र भनेको जनयुद्ध, जनआन्दोलन, नेपालका सम्पूर्ण विद्रोहको सन्तानको रुपमा जन्मिएको सन्तान हो । अहिले मान्छेहरुले जनयुद्धलाई त औचित्यहीन भन्न थाले,’ उनले भने, ‘जनयुद्ध त केही पनि होइन, उस्तै परे अपराध भन्न थाले । त्यो देख्दाखेरि इतिहासको मजाक जस्तो लाग्छ । कस्तो फिल हुन्छ भने नायकहरु अपराधीजस्तो लाग्छ।’

    उनले जनयुद्ध नेपाली इतिहासको सबैभन्दा श्रेष्ठ आन्दोलन भएको दाबी गरे । ‘यो कुण्ठा पोख्ने विषय होइन। जनयुद्ध नेपाली इतिहासको सबैभन्दा श्रेष्ठ आन्दोलन हो, र त्यसको प्रतिफलको रुपमा नै नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको हो,’ उनले भने, ‘त्यसमा जनआन्दोलनको पनि भुमिका छ । तर जो मान्छेहरुले जनयुद्धलाई नकारेर संघीय लोकतान्त्रिक गणतन्त्रको स्वामित्व लिन्छौँ भन्ने सपना देख्छन् । तिनीहरु सुखानीकै जंगलमा जसरी सुखानीका सहिदहरुलाई समाप्त पार्छु भन्दाखेरि सिद्धिएका थिए, त्यसरी नै समाप्त हुन लायक हुन्छन् ।

    प्रतिकृया दिनुहोस्