News Portal

  • काठमाडौँ – नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक सोमबार बिहान बस्ने भएको छ ।

    जनगर्जन संवाददाता२०८० फाल्गुण २१
    ४१ पटक

    काठमाडौँ – नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक सोमबार बिहान बस्ने भएको छ । बैठक बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ ।

    सचिव दीनानाथ शर्माका अनुसार बैठकमा विकसित राजनीतिक घटनाक्रम बारे छलफल हुनेछ । सङ्क्रमणकालीन न्याय र राष्ट्रिय सभा अध्यक्षको निर्वाचनको सन्दर्भमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र र रास्वपालगायतका दलहरूबिच मिलेर जाने सहमति भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार मध्यरातसम्म चलेको बैठकमा मिलेर जाने विषयमा सहमति भएको हो ।

    सहमतिसँगै राजनीति नयाँ कोर्समा अघि बढ्ने संकेत देखिएको छ । यसैबिच नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पनि बालुवाटार पुगेका छन् ।

    प्रतिकृया दिनुहोस्