News Portal

  • युवा संगठन रुपन्देहीको जिल्ला सम्मेलन सम्पन्न ।

    जनगर्जन संवाददाता२०८० फाल्गुण १९
    ७९ पटक

    विनोद खनाल, वुटवल
    राष्ट्रघात, जनघात, भ्रष्टाचार र दलाल संसदीय व्यवस्था विरुद्ध हाम्रो आन्दोलन ! राष्ट्रिय स्वाधीनता, जुझारु संगठन र नेपाली विषेशताको समाजवादको लागि सातौं जिल्ला सम्मेलन !! भन्ने मुल नाराका साथ युवा संगठन नेपाल, रुपन्देहीको ७ औं जिल्ला सम्मेलन शनिार बुटवलमा सम्पन्न भएको छ ।
    नेकपा स्थायी समिति सदस्य तथा फ्र्याक्सन इन्चार्ज शिलु सीको प्रमुख आतिथ्यतामा सम्पन्न सम्मेलनले प्रदेशी सीको अध्यक्षतामा ३५ सदस्यीय उत्तरी जिल्ला समिति र रामबचन सीको संयोजकत्वमा ११ सदस्यीय दक्षिण जिल्ला समिति गठन गरेको छ।

    सम्मेलनको उद्घाटन गर्दै स्थाई कमिटि सदस्य शिलुले देशको राष्ट्रिय स्वाधीनता संकटमा पर्दै गएको बताऊँदै युवा संघठनले स्वाघीनताको रक्षा गर्नु मुख्य दायीत्व रहेको बताउनुभएको छ। मुख्यत: दुईखाले प्रवृती अमेरेकि साम्राज्यबादको हस्तक्षेप र दलाल पुजीवादका बिरुद्ध संघर्ष गर्दै नेपाली विशेषताको समाजबादका लागि अबको आन्दोलन उठाउनुपर्ने बताउँदै उहाँले बामपन्थी शक्ति, देशभक्त शक्ति र लोकतान्त्रिक गणतन्त्रबादी शक्तिहरुको सहकार्यमा समाजबाद नल्याए सम्म नेपालको समस्या हल हुन नसक्ने उल्लेख गर्नुभयो ।
    देशका उद्योगधन्दा निजिकरण गर्ने र टाट पल्टाउने अनि युवाहरुलाई बिदेश पलायन गर्ने राज्यसत्ताको प्रवृत्तिका कारण मुलुकको अर्थतन्त्र टाट पल्टिने खतरा भएको भन्दै देशमा कलकारखाना खोल्ने कृषि र उत्पादनलाई जोड दिंदै स्वदेशमै रोजगारी सृजना गर्नुको बिकल्प नरहेको नेतृ शिलुले जिकिर गर्नुभयो ।

    युवा संगठन जिल्ला संयोजक परदेशी सीको अध्यक्षता र पदम सीको सन्चालनमा सम्पन्न कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य एवं रुपन्देही इन्चार्ज द्वय शरद सी र बिश्वास सी, युवा संगठन नेपालका केन्द्रीय सदस्य विश्लेषण सी, नेकपा रुपन्देही सेक्रेटरी बिरेन्द्र सी, दक्षिण जिल्ला सेक्रेटरी नवीन सी एवम संगठन का केन्द्रिय सदस्य ब्युरो सदस्य लगायत विभिन्न जनवर्गीय संगठनका प्रतिनिधिहरुले सम्मेलन सफलताको सुभकामा ब्यक्त गरेका थिए ।

    प्रतिकृया दिनुहोस्