


३ माघ, काठमाडौं शनिबार काठमाडौंमा प्रदेश नम्बर १, प्रदेश सम्पर्क कमिटीको भेलालाई सम्बोधन गर्दै नेकपा ओली समूहका अध्यक्ष समेत अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतका न्यायाधीशहरुलाई आफूले नभेटेको बताएका छन् ।
ओलले न्यायाधीशलाई भेटेको प्रमाणित गर्न चुनौती दिए । मैले यसपटक मात्र होइन, शायद कहिल्यै भेटेको छैन उनले भने अह सपना प्रधानलाई वकिल हुँदा यस्तै कुनै कार्यक्रममा देखेको हो । अरुलाई त देखेको छैन, शायद चिनेको पनि छैन ।
प्रधानमन्त्री ओलीले भने न्यायप्रणालीमाथि विश्वास घटाउन झुट प्रचार गरेको बताए । सर्वोच्चले खण्डन गरिसक्दा पनि केही सञ्चारमाध्यमले प्रश्न उठाएको भन्दै उनले भने हिजो सर्वोच्च अदालतले खण्डन गरिसकेको छ, आज फेरि केहि न्यायाधीशले प्रधानमन्त्रीलाई भेटेकै हो भनेर समचार आएको छ ।
प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरी मध्यावधि निर्वाचनमा जाने मन्त्रिपरिषदको निर्णयमा संविधानको धारा नखुलाइएको विषयमा समेत स्पष्टीरकण दिएका छन् । उनले अघि भने प्रतिनिधिसमा विघटन गरेर निर्वाचनमा जाने निर्णय गर्दा धारा खुलाएर गर्नुपर्छ भनेर संविधानको कुन धारामा छ ?
आफूले गरेको सिफारिसमा धारा ७६ को (१) र (७) तथा धारा ८५ उल्लेख रहेको भन्दै मन्त्रिपरिषदबाट निर्णय नगराएपनि हुने अवस्थामा छलफल गराएको दाबी गरे ।
