News Portal

  • पोखरामा निशुल्क मन्टेश्वरी तालिम

    जनगर्जन संवाददाता२०८० फाल्गुण १८
    ५६ पटक

    पोखरा :- पोखरा महानगरपालिका–१२ का महिलालाई निशुल्क मन्टेश्वरी तालिम प्रदान गरिएको छ ।

    सीप सिकाएर रोजागारीको अवसर सिर्जना गर्ने उदेश्यले तालिम प्रदान गरिएको हो । ३ महिने तालिमका सहभागीलाई शुक्रबार प्रमाणपत्र वितरण गरिएको छ ।

    प्रमाणपत्र वितरणमा बोल्दै गण्डकी प्रदेश सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका सचिव प्रकाश पौडेलले मन्टेश्वरी शिक्षकको माग बढिरहेको बताए । विश्वस्तरमा पनि सजिलै अवसर पाउने सिपको रुपमा विकास भइरहेको उनको भनाइ छ ।

    पोखरा–१२ का वडाध्यक्ष सन्तोष बास्तोलाले तालिमको सिकाइलाई व्यवहारमा उतार्न सके मात्र उपलब्धिमुलक हुने बताए ।

    व्यवसायीक तथा सिप विकास तालिम केन्द्र पोखराले दिएको तालिममा २ दर्जन महिलाको सहभागिता रहेको थियो । दैनिक ५ घण्टाको दरले सहभागीलाई सैद्धान्ति र व्यवहारीक सिप सिकाइएको थियो । तालिम लिएका ६ जनाले रोजगारीसमेत पाएका छन् ।

    प्रतिकृया दिनुहोस्