


माघ, पोखरा । प्रतिनिधिसभा विघटनसँगै नेकपा विभाजित भएपछि प्रदेशहरुमा जोडघटाउ सुरु भएको छ । गण्डकीका मुख्यमन्त्री गुरुङलाई पनि सरकार टिकाउन बहुमत पुर्याउनुपर्ने दबाब छ ।११ असार २०७६ मास्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) लाई पार्टी प्रवेश गराए । मनाङ प्रदेश सभा ‘ख’ बाट स्वतन्त्र निर्वाचित सांसद मनाङेको प्रवेशसँगै ६० सदस्यीय प्रदेश सभामा नेकपाको पक्षमा ४० सदस्य पुगेको थियो ।
तर मनाङ्गेले भने आफू स्वतन्त्र नै रहेको बताएका छन् । २ तिहाई बहुमत पुग्ने भएकाले नेकपालाई समर्थनमात्र गरेको तर पार्टी प्रवेश गरेको कुनै पनि आधिकारिक सदस्यता रसिद आफूसँग नभएको सांसद गुरुङले बताए । सत्ता पक्षसँग बसेकै आधारमा ओली वा अर्को समूहको समर्थनमा आफू नरहने गुरुङले बताए ।मुख्यमन्त्री गुरुङलाई सरकार टिकाउन चाहिने ३० सांसद मनाङ्गेले स्वतन्त्र नै रहेको घोषण सगै अपुग हुने पक्का भयको छ ।
सरकारलाई दुई तिहाई पनि पुग्ने र मनाङको विकास निर्माणमा पनि बजेट लैजान सहयोग पुग्ने भएकाले नेकपालाई समर्थन गरेको गुरुङको भनाइ छ । ‘समयमा बजेट लैजान सकिएन भने मनाङमा समस्या हुन्छ, अरु जिल्लाजस्तो होइन । ४ महिनामात्र मनाङमा काम हुन्छ । मलाई पनि सजिलो होस् भनेर नेकपालाई समर्थन गरेको हुँ’ उनले भने ।
अघि भने, ‘समर्थन गर्ने दिन आयो भने जसले नेपाल कम्युनिस्ट पार्टीको मान्यता पाउँछ, त्यसैलाई गर्छु ।’
