News Portal

  • वर्तमान राष्ट्रिय परिस्थिति र नेपाली विशेषताको समाजवाद विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

    जनगर्जन संवाददाता२०८० फाल्गुण १७
    ७६ पटक

    विष्णु विश्वकर्मा
    फागुन १७ , कपिलवस्तु । वर्तमान राष्ट्रिय परिस्थिति र नेपाली विशेषताको समाजवाद विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
    बिहीबार पश्चिम कपिलवस्तुको महाराजगन्ज नगरपालिका स्थित नगरपालिकाले सभाहलमा कार्यक्रम सम्पन्न भएको हो।

    नेकपाका केन्द्रीय सदस्य पश्चिम कपिलवस्तु जिल्ला इन्चार्ज हेमन्त सी को अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख आतिथि नेकपा केन्द्रिय सदस्य जुझारु सी अतिथि महाराजगन्ज नगरपालिका का मेयर तथा नेपाली काङ्ग्रेस जिल्ला सभापती अब्दुल कलाम , प्रमुख प्रसासकिय अधिकृत सुरेन्द्र थारु लगायत वडा अध्यक्षहरु तथा विभिन्न पार्टी का प्रतिनिधिहरुको आतिथ्य रहेको थियो ।

    कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य जुझारु सी ले वर्तमान राष्ट्रिय परिस्थिति र नेपाली विशेषताको समाजवाद कसरी सम्भव छ त अहिलेको परिस्थितिमा दलाल पुजीवादी संसदीय व्यवस्था भएको र यसको हल नेपाली बिशेषताको समाजवादले मात्रै दिने जिकिर गरेका थिए । जनताको चाहना के हो ,दलाल पुजिवादको अवस्था केभो, वामपन्थी ,गणतन्त्रवादी देशभक्ति र मध्यम वर्गको प्रभाव पुजीवादीको चरित्रको अध्ययन गरि यसको समाधान भनेकै नेपाली समाजवाद हो भन्ने कुरामा जिकिर गरे ।

    त्यसैगरी महाराजगन्ज नगरपालिका का मेयर अब्दुल कलाम ले अहिलेको वर्तमान परिस्थिति अनुसार आर्थिक सामाजिक रुपमा आफू निर्भर रहनुपर्ने र आम नागरिकलाई कसरी रुपान्तरण गर्नेभन्ने कुरामा जोड दिन आवश्यक छ । धनि धनी नै हुने गरिब गरिब नै हुने परिपाटीको अन्त्य गरि उत्पादनलाई जोड दिई समाजवादको सुरुवाट गर्ने बताए ।

    कार्यक्रम नेकपा पश्चिम कपिलवस्तुको पाबेल सीको सन्चालन तथा स्वागत मन्तव्य बादल सी ले गरेका थिए भने कार्यपत्र प्रस्तुत पनि पाबेल सी ले गरेका थिए ।

    कार्यक्रमका अतिथिहरुले कार्यपत्रमाथी टिप्पणी गरेका थिए भने कार्यपत्रमाथीको सुझाबलाई प्रमुख वक्ता जुझारु सीले व्याख्या सहित प्रष्ट पारेका थिए ।

    प्रतिकृया दिनुहोस्