News Portal

  • मगरहरुको पर्व मगर एकता दिवस मनाउदै

    जनगर्जन संवाददाता२०८० फाल्गुण १५
    ४६ पटक

    काठमाडौ । देशैभरका मगर समुदायले आज ४२ औँ राष्ट्रिय मगर एकता दिवस मनाउँदै छन् । मगर समुदायको बाहुल्यता रहेको विभिन्न स्थानमा सांस्कृतिक झाँकी प्रदर्शनलगायत कार्यक्रम गरिएको छ ।

    लोपोन्मुख रूपमा रहेको मगर समुदायमा प्रचलित सालैजो, झ्याउरे, कौडा लगायतका लोकसंस्कृतिको जगेर्ना गर्न, नयाँ पुस्तालाई मगर भाषा तथा सांस्कृतिक ऐतिहासिक पक्ष, रीतिरिवाज रहनसहनबारे जानकारी दिलाउन दिवसले महत्वपूर्ण भूमिका खेलेको छ ।
    राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा मगर समुदायको जनसंख्या २० लाख १३ हजार चार सय ९८ रहेको छ । यो कुल जनसंख्याको ६ दशमलव ९ प्रतिशत हो ।
    मगर दिवसको अवसरमा मगर बाहुन्य रहेका पालिकाले सार्वजनिक बिदा दिएका छन् । मगर जातिको अधिकार र अस्तित्वको रक्षाका लागि एकजुट भएर लागेको सम्झना एवं नेपाल मगर संघ स्थापनाका अवसरमा प्रत्येक वर्ष फागुन १५ गते यो दिवस मनाइँदै आईएको छ ।

    प्रतिकृया दिनुहोस्